‘हामीलाई कसैले सानो नसोचे हुन्छ, नत्र राजनिति उथल–पुथल पारिदिन्छु’ : माधव नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ८, शनिबार (१ हप्ता अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ८, काठमाण्डौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्‍यो भने देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् । आफू देशका ठूला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमानदेखि कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकाले आफू र आफना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन् ।

गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदिमा नवनिर्मित मधेश प्रदेशकै सबभन्दा दोश्रो लामो झोलुङ्गे पुलको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन् । झोलुङ्गे पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री नेपालले आफूहरुको आफ्नै स्वाभिमान, पहिचान, मूल्य–मान्याता र महत्व रहेकाले हल्कामा नलिन सुझाव दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस