जसपाको गण्डकी प्रदेशस्तरिय किसान महासङ्घ र खस सङ्घ गठन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ बैशाख ८, शनिबार (१ हप्ता अघि)
  • ७ पटक पढिएको
जसपाको गण्डकी प्रदेशस्तरिय किसान महासङ्घ र खस सङ्घ गठन

बैशाख ८, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन  किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ । शुक्रबार पोखरामा आयोजित प्रदेशस्तरिय भेलाबाट यामप्रसाद आचार्यको अध्यक्षता १३ सदस्यीय समाजवादी किसान महासङ्घ गठन भएको छ । त्यस्तै सोही भेलाबाट हस्तबहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय समाजवादी खस सङ्घ, नेपाल गण्डकी प्रदेश समिति गठन गरिएको हो ।

पार्टीका राजनीतिक समिति सदस्य एवं समाजवादी खस सङ्घका केन्द्रीय अध्यक्ष प्रेमनारायण थापा प्रमुख अतिथि रहेका थिए । पार्टीका राजनीतिक समिति सदस्य निर्मल जिसी महेन्द्रले समितिको नामावली घोषणा गरेका थिए ।

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य धनप्रसाद तामाङ, केन्द्रीय सदस्य एवं समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष अर्जुन लम्साल पार्टीका प्रदेश समिति अध्यक्ष गोपाल गुरुङलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।  

ताजा अपडेट

खोजी गर्नुहोस