हिन्दी गीत ‘मेरे ख्वाब’ मा सुरेश  र स्मारिकाको रोमान्स ( भिडियो )

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ बैशाख ८, शनिबार (१ हप्ता अघि)
  • १४ पटक पढिएको
हिन्दी गीत ‘मेरे ख्वाब’ मा सुरेश  र स्मारिकाको रोमान्स ( भिडियो )

काठमाडौं –  भारतीय फिल्म पार्श्वगायक  नकाश अजिजको सुमधुर स्वरमा सजिएको ‘मेरे ख्वाब’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।  यस गीतमा शब्द, संगीत हङकङ निवासी तवला वादक, संगीतकार तथा गायक कृष्ण भक्त महर्जनको रहेको छ।  गीतलाई प्रियदर्शी बराइलीले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा सुरेश कोहली र स्मारिका ढकाल बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  बिशाल थापाले छायाँकन गरेको यस गीतको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्।  भिडियो सोनाम पाख्रिनको निर्देशनमा तयार पारिएको हो।  भिडियो संगीतकार  महर्जनको युट्युव च्यानल ‘कृष्ण भक्त महर्जन’ मार्फत सार्वजनिक भएको हो।  

भिडियो: https://youtu.be/JK5_DbreRic?si=xi9PrsrygzCi21Hh

ताजा अपडेट

खोजी गर्नुहोस