२१ वर्षीय युवाले गरे २५ वर्षीया युवतीलाई जबरजस्ती करणी, धन बहादुर खड्का पक्राउ

२१ वर्षीय युवाले गरे २५ वर्षीया युवतीलाई जबरजस्ती करणी, धन बहादुर खड्का पक्राउ

बैशाख ८, दैलेख । २५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुराँस गाउँपालिका ४ मुङग्रा बस्ने २१ वर्षीय धन बहादुर खड्का रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

खड्काले ती युवतीलाई डुङ्गेश्वर गाउँपालिका ६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको अस्थायी प्रहरी पोष्ट घोडाबासले जनाएको छ । युवतीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ भने घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस