अहिलेकै परिस्थितीमा कम्युनिष्ट एकता सम्भव छैन् :उपाध्यक्ष पाण्डे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ८, शनिबार (१ हप्ता अघि)
  • २ पटक पढिएको
अहिलेकै परिस्थितीमा कम्युनिष्ट एकता सम्भव छैन् :उपाध्यक्ष पाण्डे

बैशाख ८,काठमाडौँ । नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अहिलेकै परिस्थितीमा कम्युनिष्ट एकता सम्भव नभएको बताएका छन् । शनिबार राजधानीमा धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पाण्डेले नेकपा एमालेका केही नेताहरुले नेकपा एससंग एकता चाँडे हुने हल्ला चलाएको तर यसमा कुनै सत्यता नरहेको बताएका हुन् ।

पाण्डेले नेपालका कम्युनिष्ट पार्टीहरु अहिलेको अवस्थामा कसैले कसैसंग एकता गर्ने अवस्थामा नरहेको बताए । उनले भने–’कम्युनिष्ट एकता हुन्, विचार,कार्यदिशा र सिदान्त मिल्न पर्यो नी, पार्टीहरुमा आ–आफ्नै विचार छ, साझा सिदान्तको छलफल समेत भएको छैन् ,अनि कसरी हुन्छ एकता ?’ उनले नेकपा एकिकृत समाजवादी आँटका साथ पार्टी बनाउन लागि परेको बताएका छन् ।

पाण्डेले आफुहरु कसैको निगाहामा नभई आफ्नै बलमा अस्तित्व बनाउन सक्षम रहेको समेत जिकिर गरे । उपाध्यक्ष पाण्डेले आगामी निर्वाचनमा पार्टिले एक्लै चुनाव लडेर जित्ने देढताका साथ संगठन विस्तार र जनतामा गएको बताए । उनले अवको मुख्य कार्यभार पार्टीलाई बलियो र सुदृढिकरणमा लाग्नुपर्नेमा जोड दिए । पछिल्लो गठबन्धन षड्यन्त्रपुर्वक निर्माण गरिएकोले यसको आयु लामो नभएको समेत पाण्डेको टिप्पणी थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस