पाल्पा र गुल्मीमा डढेलो निभाउने क्रममा चार जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ९, आईतबार (१ हप्ता अघि)
  • १  पटक पढिएको
पाल्पा र गुल्मीमा डढेलो निभाउने क्रममा चार जना घाइते

बैशाख ९, पाल्पा । सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलो निभाउने क्रममा पाल्पा र गुल्मीमा चार जना घाइते भएका छन् । शनिबार दिउँसोदेखि महाभारत क्षेत्रमा लागेको डढेलो निभाउने क्रममा पाल्पाको रैनादेवी छहरा–१ सिद्धेश्वरका ५५ वर्षीय टोपबहादुर बुढा गम्भीर घाइते भएका छन् ।

स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ सिद्धेश्वरका वडाध्यक्ष सोमबहादुर दर्लामीले बताए । माथागढी गाउँपालिका–४ झडेवा जामुनडाँडामा डढेलो निभाउने क्रममा ६५ वर्षीय पूर्णबहादुर कामु मगर घाइते भएको वडाध्यक्ष शंकर दर्लामीले जानकारी दिए । कामु मगरको अवस्था भने सामान्य रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस