मकवानपुरमा टिपरको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु

मकवानपुरमा टिपरको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु

बैशाख ९, काठमाण्डौँ । मकवानपुरको हेटौंडामा टिपरको ठक्करबाट घाइते भएका एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकावडा नम्बर ११ थानाभर्‍याङ बस्ने ५५ बर्षका भिम बहादुर बिडारी रहेका छन् ।

शनिवार साँझ हेटौँडा १० स्थित बसपार्क पिपलबोटमा बसपार्कबाट कर्रातर्फ जाँदै गरेको प्र।२–०३–००१ ख ६८५४ नं टिपरले बाप्र ०३–००५ प ३५११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट दाँया हात र शरिरका विभिन्न भागमा चोट लागेका बिडारीको उपचारको क्रममा मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस