मुक्तिनाथ विकास बैंकले जव कृत्रिम हात दियो…

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख ९, आईतबार (१ हप्ता अघि)
  • ४ पटक पढिएको
मुक्तिनाथ विकास बैंकले जव कृत्रिम हात दियो…

बैशाख ९, काठमाण्डौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत हात गुमाएका देशका विभिन्न स्थानका व्यक्तिलाई कृत्रिम हात वितरण गरेको छ ।

इनेबल नेपालसँगको साझेदारीमा देशका विभिन्न स्थानमा बैंकले कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकालाई कृत्रिम हातहरू वितरण गरेको हो ।
एक कार्यक्रमबीच बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र इनेबल नेपालका पदाकारीबाट कृत्रिम हातहरू वितरण गरिएको हो। उक्त कार्यक्रममा बैंकका कर्मचारी, बालबालिकाहरूका अभिभावक र इनेबल नेपालका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

हाल बैंकले पाँच थान कृत्रिम हातहरू वितरण गरिसकेको र निकट भविष्यमा थप कृत्रिम हातहरू वितरण गर्ने बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस