कतारका अमिर पहिलो पटक मंगलबार नेपाल भ्रमणमा आउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ९, आईतबार (१ हप्ता अघि)
  • २ पटक पढिएको
कतारका अमिर पहिलो पटक मंगलबार नेपाल भ्रमणमा आउँदै

बैशाख ९, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आउँदो मंगलबार पहिलो पटक नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आउने भएका छन् । अमिरको यो भ्रमणले कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्कने तथा त्यस क्रममा उनले फिलिपिन्स, बंगलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताएका छन् । राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीन वटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस