आज प्रतिकेजी २५ रुपैयाँदेखि ५७५ रुपैयाँसम्मको तरकारी र फलफूल पाइने, हेर्नुस् मूल्यसूची

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख १०, सोमबार (१ हप्ता अघि)
  • ० पाठक संख्या
आज प्रतिकेजी २५ रुपैयाँदेखि ५७५ रुपैयाँसम्मको तरकारी र फलफूल पाइने, हेर्नुस् मूल्यसूची

बैशाख १०, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार कालीमाटीमा प्रतिकेजी २५ रुपैयाँदेखि ५७५ रुपैयाँसम्मको फलफूल र तरकारी पाइने भएको छ ।

आज सबैभन्दा सस्तो भन्टा प्रतिकेजी २५ रुपैयाँ र महँगो आभोकाडो प्रतिकेजी ५७५ रुपैयाँ तोकिएको छ । त्यस्तै, ठुलो नेपाली गोलभेडा, लोकल गाजर र तितो करेला प्रतिकेजी ५५ रुपैयाँ, तराई सानो गोलभेडा ३० रुपैयाँ, रातो आलु ४९ रुपैयाँ ६० पैसा, भारतीय रातो आलु ४७ रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ ५० पैसा, सुकेको प्याज ६९ रुपैयाँ ६० पैसा, तराई गाजर २८ रुपैयाँ ३३ पैसा, लोकल बन्दा ४० रपैयाँ, स्थानीय काउली ४६ रुपैयाँ पर्नेछ ।

यसैगरी, स्थानीय काउली ९ज्यापु० प्रतिकेजी ६५ रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ, डल्लो भन्टा र फर्सी ३५ रुपैयाँ, तने बोडी १२६ रुपैयाँ ६७ पैसा, मटरकोशा, भिण्डी र गान्टे मूला प्रतिकेजी ८५ रुपैयाँ, लोकल सिमी ९५ रुपैयाँ, हाइब्रीड सिमी, घिरौला ५६ रुपैयाँ, पाकेको फर्सी ४० रुपैयाँ, पालूगो, चमसूर र मेथीको साग १२६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४५ रुपैयाँ, तरुल १०५ रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, कुरीलो ३२५ रुपैयाँ, ब्रोकाउली, चुकुन्दर, जिरीको साग र ग्याठ कोबी प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस