खगराज र दीर्घ सोडारीको नियुक्ति बदरको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०८१ बैशाख १०, सोमबार (१ हप्ता अघि)
  • १० पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाडौँ । गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज सुनुवाइ हुँदैछ । गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीको दाबी नै गैरसंवैधानिक भएको भन्दै नियुक्ति बदरको माग गर्दै पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।

त्यसको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले उनलाई दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न चैत २८ गते अन्तरिम आदेश दिएको थियो । त्यस्तै आज पूर्ण इजलासमा सुनुवाइ हुने मिति तोकेको छ । तर अधिकारी नेतृत्वको सरकारले मन्त्रालय भागबण्डा पुर्‍याउन मन्त्रालय फुटाउने निर्णय गर्‍यो तर सर्वोच्चको आदेशको अवज्ञा भएको भन्दै चौतर्फी विरोध भएपछि सरकार पछि हटेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस