मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १०, सोमबार (१ हप्ता अघि)
  • ० पाठक संख्या
मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको निधन

बैशाख १०, काठमाडौँ । लालीगुराँस नगरपालिका–५ दागपा, तेह्रथुममा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

शनिबार राति साढे सात बजे फोन चार्ज गर्ने क्रममा पिनमा औंला गएपछि करेन्ट लाग्दा नौ वर्षीय सुदीप लिम्बुको निधन भएको हो । इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रमुख इन्सपेक्टर खगेन्द्र एकटेलका अनुसार करेन्ट लागेर घाइते भएपछि बालकलाई उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

इन्सपेक्टर एकटेलले बालबालिका वा अभिभावकले फोन चार्ज गर्ने क्रममा ध्यान दिन समेत आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस