‘यो गठबन्धन भित्र मलाई उसुकमुकुस भई सक्यो’ : अध्यक्ष नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १०, सोमबार (१ हप्ता अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन् ।
नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले नेपालको राजनीति जटिल रहेको बताए ।

अध्यक्ष नेपालले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उनले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेको भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गरे । उनले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिर गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस