पर्साद्धारा १५ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामानहरू बरामद

पर्साद्धारा १५ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामानहरू बरामद

दिपू वर्णवाल

बैशाख १०, वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले १५ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामानहरू बरामद गरी भन्सार दाखिला गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका – १६ भन्सार मेन गेट वरपरको इलाकाबाट १५ लाख बराबरको भन्सार छलीका सामानहरू बरामद गरी भन्सार दाखिला गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर वीरगञ्जका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक ९डिएसपी० देवेन्द्र बहादुर सिंहका अनुसार टोलीले चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको कपडा, इलेकट्रोनिक्स, कस्मेटिक, खाद्यान्न, जुत्ता, चप्पल, खेलौना, मोटर पार्टसहरू र एम्बिसनरकस्तुरी मदिरालगायतका सामानहरू र उक्त सामानहरू ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकल र एउटा स्कुटर समेत नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा लिएको उक्त सामग्रीहरूको १५ लाख ३४ हजार ४ सय ६६ रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको डिएसपी सिंहले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस