यादवद्वारा वीरगंजसहितका आफ्नो निर्वाचन क्षेत्रमा बिषेश बजेट योजना दिन प्रधानमन्त्रीसँग माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ बैशाख १०, सोमबार (१ हप्ता अघि)
  • ० पाठक संख्या
यादवद्वारा वीरगंजसहितका आफ्नो निर्वाचन क्षेत्रमा बिषेश बजेट योजना दिन प्रधानमन्त्रीसँग माग

दिपू वर्णवाल

बैशाख १०, वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य सांसद प्रदीप यादवले वीरगंजसहित आफनो निर्वाचन क्षेत्रको लागि आगामी बजेटमा विशेष प्याकेज समावेश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग माग गरेका छन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमै प्रधानमन्त्री प्रचण्डलाई भेटेर सांसद यादवले वीरगंजसहित आफनो निर्वाचन क्षेत्रका लागि विशेष प्याकेज संघीय सरकारको आगामी बजेटमा समावेश गर्न माग गरेका हुन् । विकास निर्माण, स्वास्थ्य,शिक्षा, खानेपानी, पर्यटन,कृषि,खेलकुद लगायतका विभिन्न योजना र त्यसमा लाग्ने रकमको सूची नै बनाएर सांसद यादवले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

जनता समाजवादी पार्टी जसपा नेपालका प्रमुख सचेतक समेत रहेका यादवले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापनपत्रमा नारायणी रंगशालाको मर्मत सम्भार र स्तरोन्नत्ती, नारायणी अस्पतालको भवन निर्माण र स्तरोन्नत्ती,घडीअर्वा पोखरी पार्कको स्तरोन्नत्ती, ठाकुरराम बहुमुखी क्याम्पसको भवन मर्मत सम्भार र रंगरोगन तथा छात्रावास निर्माणका लागि आवश्यक बजेट नयाँ बजेटमा व्यवस्थापन गर्न माग गरिएको छ । यस्तै वीरगंज महानगरपालिका वडा नम्बर ३१ र ३२ मा निर्माण गर्न लागिएको पर्सा प्राणी उद्यान ९चिडिया खाना०को निर्माणका लागि १० करोड रुपैयाँ तथा वीरगंज–१५ मा डिपिआर बनिसकेको लक्ष्मणवा र्पाक निर्माणका लागि ७ करोड रुपैयाँपनि नयाँ बजेटमा व्यवस्थापन गर्न यादवले माग गरेका छन् ।

यसैगरि निर्वाचन क्षेत्र १ मा पर्ने विभिन्न वडामा कालोपत्रे सडक निर्माण , विभिन्न चार वटा खोलामा पुल निर्माण, महानगरका विभिन्न १८ वटा वडामा खानेपानीका लागि डिप बोरिङ जडान, सिर्सिया नदी र भेडाहा खोलामा तटबन्ध निर्माणका लागि आवश्यक बजेट नयाँ बजेटमा समावेश गर्न सांसद यादवले प्रधानमन्त्री प्रचण्डसंग माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले देशकै प्रमुख आर्थिक नागरी वीरगन्जसहित त्यसक्षेत्रको विकास र समृद्धिका लागि आफनो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएको सांसद यादवले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस