गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघ्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ बैशाख ११, मंगलबार (१ हप्ता अघि)
  • २ पटक पढिएको
गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघ्यो

बैशाख ११, काठमाण्डौँ । गाजापट्टीमा जारी इजरायलको आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघेको छ ।
गाजामा ज्यान गुमाउनेको संख्या ३४ हजार १५१ पुगेको हमासशासित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

‘इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १०४ जना घाइते भएका छन्’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भारी बमबारी र उद्धारकर्मीको अभावका बीच केही पीडितहरू भग्नावशेषमुनि रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा भएको हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस