ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख ११, मंगलबार (१ हप्ता अघि)
  • ० पाठक संख्या
ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

बैशाख ११, काठमाण्डौा । ह्वाइट लोटस पावर लिमिटेडले आफ्नो जारी पूँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य रु. १००।– दरका १२,००,००० कित्ता स ाधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा विक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सम्वन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक श्री सुमन कुमारी जोशी ले हस्ताक्षर गर्नुभयो । ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस