पोलिसी सरेण्डर रकम फिर्ता गर्न जीवन बीमा कम्पनीहरुले नदिने ! कम्पनी नै डुब्ने डर बढ्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख ११, मंगलबार (१ हप्ता अघि)
  • १  पटक पढिएको
पोलिसी सरेण्डर रकम फिर्ता गर्न जीवन बीमा कम्पनीहरुले नदिने ! कम्पनी नै डुब्ने डर बढ्यो !

बैशाख ११, काठमाण्डौँ । जीवन बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणलाई बीमालेख सरेण्डर गरेबापतको रकम बीमितलाई फिर्ता गर्न नसकिने लिखित जवाफ दिएका छन् । जीवन बीमक संघले पहिलो ३ वर्षभित्र बीमालेख समर्पण गरेबापत रकम सम्बन्धीत बीमितलाई फिर्ता गर्न नसकिने जवाफ पत्रमार्फत पेश गरेको हो ।

यसअघि संसदको सार्वजनिक लेखा समितिले गत पौष १२ गते नेपाल बीमा प्राधिकरणलाई ३ वर्षभित्रै बीमालेख समर्पण गर्ने बीमितलाई न्यूनतम सञ्चालन शुल्क २५ प्रतिशत रकम लिई बाँकी रकम सम्बन्धीत बीमितलाई फिर्ता गरिदिनु भन्ने निर्देशन दिएको थियो ।

लेखा समितिको निर्देशनलाई आधार मानेर प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई यस विषयसँग सम्बन्धीत पत्र पठाएको थियो । जीवन बीमा कम्पनीहरुले यस्तो निर्देशन पालना गरे जीवन बीमा क्षेत्रमा सरेण्डर गर्नेको संख्या बढेर जोखिम बढ्न सक्ने बताउँदै सरेण्डरको रकम फिर्ता गर्न नसक्ने बताएका हुन् ।

बीमितबाट पहिलो वर्ष उठेको प्रिमियमको शतप्रतिशत, दोस्रो प्रिमियमको ७६ प्रतिशत र तेस्रो प्रिमियमको ६५ प्रतिशत रकम विभिन्न शिर्षकमा खर्च हुने हुँदा तीन वर्षभित्र समर्पण गरेका बीमितको ७५५ रकम फिर्ता गर्दा कम्पनीनै टाट पल्टिन सक्ने बताउँदै जीवन बीमक संघले यस्तो निर्देशन पालना गर्न नसक्ने बताएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस