पैसा काट्यो तर एटीएमबाट आएन, कति दिनमा आउँछ फिर्ता ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख ११, मंगलबार (१ हप्ता अघि)
  • ३ पटक पढिएको
पैसा काट्यो तर एटीएमबाट आएन, कति दिनमा आउँछ फिर्ता ?

बैशाख ११, काठमाण्डौँ । कार्ड प्रयोग गरेर एटीएमबाट पैसा निकाल्दा कुनै प्राविधिक समस्याले नगद निकाल्न नसक्दा कहिलेकाहीँ खाताबाट मौज्दात घट्न सक्छ । यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा राष्ट्र बैंकले हिसाब मिलायनुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम एउटै संस्थाको भएमा कारोबार भएपछिको एकदिन टी प्लस वान हिसाब मिलाउनुपर्छ ।

त्यस्तै कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम फरक संस्थाको भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको ३ दिनभित्र हिसाब मिलाउनु पर्छ । तर यदि कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम फरक संस्थाको भई कुनै एक विदेशी संस्था भएमा कारोबार भए पछिको ३० दिनभित्र हिसाब मिलाउनुपर्ने व्यवस्था रहेको छ ।

उपयुक्त समयसीमाभित्र हिसाब मिलायनउे दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुने राष्ट्र बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस