कतारका अमिर थानी काठमाडौँमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ११, मंगलबार (१ हप्ता अघि)
  • ० पाठक संख्या
कतारका अमिर थानी काठमाडौँमा !

बैशाख ११, काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । थानी चढेको विमान ३ स्४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

अमिर थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । उनलाई विमानस्थलमै २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस