काठमाडौं उत्रिएका कतारका राजा शेखको टोलीमा को–को छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ११, मंगलबार (१ हप्ता अघि)
  • १  पटक पढिएको
काठमाडौं उत्रिएका कतारका राजा शेखको टोलीमा को–को छन् ?

बैशाख ११, काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणमा आएका थानी ३ बजेर ३५ मिनेटमा काठमाडौं उत्रिएका हुन् ।

राजाको भ्रमण टोलीमा क्याबिनेट मन्त्रीदेखि उच्चपदस्थ व्यक्तिहरू सहभागी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र स्रोतका अनुसार राजा थानीको भ्रमणमा टोलीमा अमिरी दिवानका प्रमुख शेख साउद बिन अब्दुल रहमान अल्थानी, यातायात मन्त्री जसिम बिन सिफ अल सुलैती, उद्योग तथा वाणिज्य मन्त्री शेख मोहम्मद बिन हमाद बिन क्वासिम अल्थानी, सहायक विदेशमन्त्री सुल्तान बिन साद अल मुराखी र अमिरी दिवानका निर्देशक साद बिन नासिर अल कबी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस