गेष्ट हाउसमा महिला र पुरुष मृत फेला, छोरी सकुशल

गेष्ट हाउसमा महिला र पुरुष मृत फेला, छोरी सकुशल

बैशाख ११, जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र पुरूष मृत फेला परेका छन् ।

होटलको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू एकसाथ झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृत फेला पर्नेमा लोहारपट्टी नगरपालिका(४ महोत्तरीकी २५ वर्षीया प्रियंका कापर र पिपरा गाउँपालिका ३ महोत्तरी ३१ वर्षीय हितेन्द्र पासवान छन् । प्रियंका विवाहित हुन् भने युवक अविवाहित । प्रियंकाको माइत पीपरा हो ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरू प्रियंककी नाबालिग छोरीसहित केही दिनदेखि गेष्ट हाउसमा बसिरहेका थिए । छोरी भने सकुशल छिन् । उनीहरूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस