|राष्ट्रपति रामचन्द्र पौडेल र नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गर्दै । तस्बिरः रत्न श्रेष्ठ / रासस
बैशाख १२, काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ ।
दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
कतारका अमिर आजै स्वदेश फर्कनेछन् । हिजो अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेट गरेका थिए । यसैगरी राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा सोल्टी होटलमा राजकीय भोजको आयोजना गरेका थिए ।