‘अब हरेक स्वास्थ्य चुनौतीको सामना गर्न सक्ने पूर्वाधार विकास गर्नुपर्छ’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १२, बुधबार (१ हप्ता अघि)
  • १  पटक पढिएको
‘अब हरेक स्वास्थ्य चुनौतीको सामना गर्न सक्ने पूर्वाधार विकास गर्नुपर्छ’ : प्रधानमन्त्री दाहाल

बैशाख १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखा परिरहेको उल्लेख गर्दै चुनौतीको सामना गर्न सक्ने गरी पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बुधबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ ।’

दाहालले प्रतिष्ठानको सेवालाई गुणस्तरीय बनाउन सरकारले थप ध्यान दिने उल्लेख गरेका छन् । ‘अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।’ दाहालले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस