कतारी राजाको नेपाल भ्रमण : दुई देशबीच एक सम्झौता, सात समझदारीपत्रमा हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १२, बुधबार (१ हप्ता अघि)
  • ६ पटक पढिएको
कतारी राजाको नेपाल भ्रमण : दुई देशबीच एक सम्झौता, सात समझदारीपत्रमा हस्ताक्षर

बैशाख १२, काठमाडौँ । नेपाल र कतार दुई देशबीचमा सहकार्य गर्न विभिन्न सात समझदारीपत्रमा हस्ताक्षर र एउटामा सम्झौता भएको छ ।

दुई दिने राजकीय नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको प्रतिनिधिमण्डलबीच आज भएको भेटवार्तापछि सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बुधबार दुई पक्षबीचमा सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुईवटा क्षेत्रमा काम गर्ने समझदारी भएको छ । नेपालको राष्ट्रिय समाचार समिति र कतार न्युज एजेन्सीबीचमा समाचार आदान प्रदान गर्ने एकमात्र सम्झौता भएको हो ।

यस्तै, संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्य गर्ने, नेपाल सरकार र कतार राज्य सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोग गर्ने, युवा र खेलकुदको क्षेत्रमा काम गर्न सहयोग सम्बन्धी, नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजन पक्षबीच सहकार्यका गर्ने, नेपालको परराष्ट्र मामिला संस्थान र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक तालिम र शिक्षाको क्षेत्रमा सहयोग गर्ने गसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस