आईपीएल क्रिकेटमा दिल्लीले गुजरातलाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ बैशाख १३, बिहिबार (१ हप्ता अघि)
  • ८ पटक पढिएको
आईपीएल क्रिकेटमा दिल्लीले गुजरातलाई हरायो

बैशाख १३,काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । गएराति भएको खेलमा दिल्लीले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो ।

गुजरातका साइ सुदर्शनले ६५ रन बनाए । यस्तै डेभिड मिलरले ५५ रन जोडे । त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । उसका कप्तान ऋषभ पन्तले ८८ रन बनाए भने अक्षर पटेलले ६६ रन जोडे ।

जारी आइपीएलमा समान ९ खेलमा ८ अङ्कसहित दिल्ली छैटौँ र गुजरात सातौँ स्थानमा छन् । आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । हैदरावादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस