रूस-युक्रेन युद्ध: विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ बैशाख १३, बिहिबार (१ हप्ता अघि)
  • ८ पटक पढिएको
रूस-युक्रेन युद्ध: विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

बैशाख १३,काठमाडौँ । रूस र युक्रेन कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् । पहिलो पटक ‘प्रत्यक्ष वार्ता’ को ढाँचामा युक्रेनी पक्षसँग वार्ता गरेर युद्धका क्रममा विस्थापित बनेका ५० जना बालबालिकामध्ये केहीलाई युक्रेन र केही बालबालिकालाई रूस लाने सहमति भएको मस्कोले जनाएको छ । यसअघि मस्कोले युक्रेनी बालबालिकालाई रूसी भूमिमा जबर्जस्ती प्रवेश गराएको आरोप लागेको थियो ।

सन् २०२२ मा आक्रमण शुरु भएयता रूसले आफ्ना १९ हजारभन्दा धेरै बालबालिकालाई गैरकानुनी रूपमा लगेको र त्यसमध्ये ४ सयभन्दा कमलाई मात्र फिर्ता गरेको युक्रेनले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । तर मस्कोले आरोप अस्वीकार गर्दै बालबालिकाको सुरक्षाका लागि लडाकु क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरेको जनाएको छ ।

युक्रेनमा युद्ध शुरु भएदेखि बालबालिकाको भविष्य अत्यन्त संवेदनशील बनेको खबरमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस