शनिबार पनि बोलाइयो प्रतिनिधिसभा बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १७, शुक्रबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन १७, काठमाडौँ । संविधान अनुकूल नरहेका कानुनको परिमार्जन फागुन २१ गतेभित्रै गरिसक्नुपर्ने बाध्यताका कारण प्रतिनिधिसभाको बैठक भोलि शनिबार पनि बोलाइएको छ ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्न प्रतिनिधिसभाको बैठक बोलाइएको हो । उक्त विधेयक फागुन २१ भित्र दुबै सदनबाट पारित गरी राष्ट्रपतिबाट समेत प्रमाणीकरण गरिसक्नुपर्नेछ । राष्ट्रियसभाले भने उक्त विधेयक पारित गरेको छ ।

सभामुखको निजी सचिवालयका अनुसार राष्ट्रिय सभाबाट शन्देशसहित प्रतिनिधिसभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्नका लागि भोलि दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस