वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ बैशाख १३, बिहिबार (१ हप्ता अघि)
  • ४ पटक पढिएको
वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

बैशाख १३, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले वेस्ट इन्डिज ‘ए’विरूद्ध टी २० सिरिज खेल्ने टोलीको घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा रहेको क्यानले नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो । युवा बलर आकाश चन्द टोलीमा समावेश भएका छन् ।
नेपालले विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’सँग घरेलु मैदानमा खेल्दै छ। वेस्ट इन्डिज ‘ए’ पहिलो पटक नेपाल आएको हो ।

वेष्ट इण्डिज ‘ए’ र नेपालबीचको पहिलो खेल टीयु क्रिकेट मैदानमा वैशाख १५ गते हुनेछ । वैशाख १६ मा दोस्रो, १९ गते तेस्रो, २० गते चौथो र २२ गते अन्तिम खेल हुनेछ ।
रोहित कुमार पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द ।

ताजा अपडेट

खोजी गर्नुहोस