‘कसैले चाहँदैमा बर्तमान सरकार ढल्दैन्’ : नेता पौडेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १३, बिहिबार (१ हप्ता अघि)
  • ५ पटक पढिएको
‘कसैले चाहँदैमा बर्तमान सरकार ढल्दैन्’ : नेता पौडेल

बैशाख १३,काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृवको बर्तमान सरकारको स्थायित्वबारे चलाइएका हल्लामा तरंगित नहुन आग्रह गरेका छन्। अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ पूर्वअर्थमन्त्रीहरूसँग बजेटबारे राय–सुझाव लिएका थिए।

अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो आकारको बजेट ल्याउन सुझाव दिएसँगै पौडेलले राजनीतिक अस्थिरता चाहनेहरूले फैलाएको हल्ला निराधार रहेको बताए।

संसदमा कुनै दलको एकल बहुमत नरहेको भन्दै पौडेलले कसैले चाहँदैमा सरकार नढल्ने बताए। बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको पौडेलले स्मरण गरे ।

‘सरकार अस्थिर छ भन्ने हल्ला चलाएर बजेट बनाउँदै गरेको अर्थमन्त्रीको मनोविज्ञानमा ‘देखा जाएगा’ भन्ने सोच उत्पन्न गराउन केही मानिसहरूले हल्ला चलाएर दबाब सिर्जना गर्ने प्रवृत्ति विगतदेखिकै हो,’ पौडेलले भने, ‘संसदमा कसैको पनि एकल बहुमत छैन। यो सरकार अस्थिर छ भन्ने खालको जसरी प्रचार भइरहेको छ। त्यो प्रचारबाट प्रभावित हुनुपर्ने कुनै कारण म देख्दिनँ। ढुक्क भएर बजेट निर्माणको काममा लाग्न अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ।’

ताजा अपडेट

खोजी गर्नुहोस