आफ्ताब आलमलाई जन्मकैदको फैसला

आफ्ताब आलमलाई जन्मकैदको फैसला

बैशाख १४, काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री आफ्ताब आलमलाई जन्मकैदको सजाय सुनाइएको छ ।

आज रौतहट जिल्ला अदालतले आलमलाई जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले दुईजनालाई जिउँदै इँटा भट्टामा हालेर ज्यान लिएको आरोपमा दोषी ठहर गर्दै आलमसहित चार जनालाई सजाय सुनाएको हो । जन्मकैद पाउनेमा आलम, उनका भाइ मोहम्मत महताव आलम, शेख सराद र बद्री सहनी छन् ।

२०६४ चैत २७ गते संविधानसभाको चुनावलाई प्रभावित पार्न रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवारसमेत रहेका आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो ।

विस्फोटमा घाइते भएका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइतेलाई आलमले पोल खुल्ने डरले जिउँदै भट्टामा हालेर हत्या गरेका थिए । घटनामा पिन्टु र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जलाएर मारेको प्रहरीको दाबी छ । उनले चुनावलाई प्रभावित बनाएर विजयी बन्ने रणनीतिका साथ भारतबाटसमेत बम बनाउने मान्छेलाई ल्याएका थिए ।

आलमसहित ११ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले विस्फोटक पदार्थ ऐन, २०१८, मुलुकी अपराधसंहिताको दफा ९१७७० अन्तर्गत ज्यानसम्बन्धी कसूर ज्यान मार्ने उद्योगमा जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस