बागमती प्रदेशले बैशाख २४ गते सार्वजनिक विदा दिने निर्णय, बसन्तपुरमा शुभारम्भ घोषणा समारोह हुने

बागमती प्रदेशले बैशाख २४ गते सार्वजनिक विदा दिने निर्णय, बसन्तपुरमा शुभारम्भ घोषणा समारोह हुने

 

बैशाख १४, काठमाडौँ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले हिजो बसेको बैठकको निर्णय अनुसार प्रदेश सरकारले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही बैशाख २४ गते सोमबारदेखि गर्ने भएकोले सो दिन विदा दिने निर्णय गरेको हो ।

यसै गरी उक्त निर्णयको कार्यान्वय गर्ने दिन बागमती प्रदेशले दिवसको रुपमा मनाउने निर्णय सँगै यस खुसीयालीमा बसन्तपुरमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह” को आयोजना गर्ने तयारी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस