बैशाख १४, काठमाण्डौँ । ज्योति क्यापिटल लिमिटेडको वैशाख १३ गते बिहीबार सम्पन्न सञ्चालक समितिको ४८ औं बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनितीक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गर्नुभएको छ ।