विश्वभर २८ करोड २० लाख मानिसमा भोकमरी, सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १४, शुक्रबार (१ हप्ता अघि)
  • ९ पटक पढिएको
विश्वभर २८ करोड २० लाख मानिसमा भोकमरी, सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रँदै

|children waiting in line for food delivery

बैशख १४, काठमाडौँ । विश्वभर २८ करोड २० लाख मानिस भोकमरीमा परेको रिपोर्ट सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसंघले निकालेको ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार सन् २०२३ मा संसारभर यति मानिसले भोकमरीको सामना गर्नु परेको जनाइएको हो ।

‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार २०२२ मा २।४ करोडभन्दा बढी मानिसहरूले खाद्यान्नको तीव्र अभावको सामना गर्नुपरेको पनि जनाइएको छ । जसका कारण गाजा पट्टी र सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रँदै गएको छ ।

राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले अन्तर्राष्ट्रिय विज्ञहरूले भोकमरीको मापन तय गरेकोमा पाँच देशका ७ लाख ५ हजार मानिस पाँचौं चरणमा रहेको र यो उच्चतम स्तर मानिएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले सन् २०१६ मा विश्वव्यापी प्रतिवेदन सार्वजनिक गरेयता भोकमरीबाट पीडित व्यक्तिको यो सबैभन्दा बढी संख्या भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस