२८ जना सहसचिवहरुको सरुवा ! हेर्नुस्, कसको कहाँ भयो सरुवा ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १४, शुक्रबार (१ हप्ता अघि)
  • १० पटक पढिएको
२८ जना सहसचिवहरुको सरुवा ! हेर्नुस्, कसको कहाँ भयो सरुवा ?

बैशाख १४,काठमाडौँ । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । सहसचिव देवराज जोशीसहित २८ जना सहसचिवको सरुवा भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् । ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ ।

यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा पनि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस