६ जना एसएसपीको सरुवा, रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १४, शुक्रबार (१ हप्ता अघि)
  • ७ पटक पढिएको
६ जना एसएसपीको सरुवा, रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी

|This undated image shows the building of Nepal Police Headquarters in Naxal, Kathmandu.

बैशाख १४,काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिएका छन् ।

उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् ।
प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ ।

कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस