उपनिर्वाचनको दिन पनि सार्वजनिक सवारी चल्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १४, शुक्रबार (१ हप्ता अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

बैशाख १४, काठमाडौँ । उपनिर्वाचनका दिन पनि सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् ।

निर्वाचन आयोगले आज सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । भोलि इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ ९क० उपनिर्वाचन हुँदैछ ।

यसअघि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचनका दिन पनि सार्वजनिक सवारी साधन चलाउन निर्देशन दिएको थियो ।

मतदाताको सहज आवागमनका लागि सार्वजनिक सवारी चलाउन दिइने निर्णय भएको आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस