अर्जुन राज खनियालाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख १४, शुक्रबार (१ हप्ता अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

बैशाख १४, काठमाण्डौँ । यस एन आई सी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुन राज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ ।

सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका छन् । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस