इलाम र बझाङमा उपनिर्वाचन : ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १५, शनिबार (१ हप्ता अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

बैशाख १५, काठमाडौँ । निर्वाचन आयोगले इलाम २ र बझाङ १ १ मा हुन लागेको उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गरी इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ १ मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन मतदातालाई अपिल गरेको हो ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस