इलाममा आजै रातिदेखि मतगणना, बझाङको भोलि मात्रै हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १५, शनिबार (१ हप्ता अघि)
  • १० पटक पढिएको
Post Thumbnail

बैशाख १५, काठमाडौँ । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को मतगणना आजै राति शुरु हुने जनाएको छ । बझाङको मत आइतबार बिहान ११ बजेदेखि गणना थालिने भएको छ । इलामको मत गणना राति १२ बजेअघि नै शुरु हुने सम्भावना रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् । उनले सोहीअनुसार तल निर्देशन दिइएको बताए ।

सबै मतदान केन्द्रबाट राति १० बजेसम्ममा मतपेटिका सदरमुकाम आइसक्ने अनुमान गरिएको उनले बताए । इलाममा गत वर्ष निर्वाचनमा ६० प्रतिशत मत खसेकोमा यस पटक ६३ प्रतिशतसम्म पुग्ने अनुमान रहेको थपलियाले जानकारी दिए । त्यस्तै बझाङमा पनि ५३ प्रतिशतभन्दा माथि नै मत खस्ने सम्भावना रहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस