ईलाम र बझाङमा कति खस्यो मत ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १५, शनिबार (१ हप्ता अघि)
  • ८ पटक पढिएको
ईलाम र बझाङमा कति खस्यो मत ?

बैशाख १५, काठमाण्डौँ । इलाम क्षेत्र नम्बर २ मा मतदान कार्य जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो तीन बजेसम्म करिब ५० प्रतिशत मत खसिसकेको छ । मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले दिएको जानकारी अनुसार शान्तिपूर्ण रुपमै अहिलेसम्म मतदान कार्य अघि बढेको छ ।

‘अहिलेसम्म लगभग ५० प्रतिशत मत खसेको विवरण पाएका छौँ,’ घिमिरेले भने । उपनिर्वाचनमा लगभग ६० प्रतिशत मत खस्ने आकलन गरिएको पनि उनले जानकारी दिए । मतगणना आजै रातिबाट सुरु गर्ने वा भोलिसम्म पर्खनुपर्ने भन्ने यकिन भइनसकेको सहायक निर्वाचन अधिकृत इन्द्र प्रसाद आचार्यले जानकारी दिए । भौगोलिक विकटताका कारण मतपेटिका पुग्न समय लाग्ने बताउँदै त्यसलाई हेरेर मात्रै मतगणनबारे निर्णय लिइने उनले बताए ।

बझाङमा खस्यो ४३ प्रतिशत मत
बझाङ प्रदेश सभा निर्वाचन १ मा भइरहेको उपनिर्वाचन अन्तर्गत उत्साहपूर्वकरुपमा मतदान भइरहेको छ । बिहान ७ बजेदेखि मतदान भइरहेकोमा अपरान्ह ३ बजेसम्म ४३ प्रतिशत मतदान भएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार अपरान्ह ३ बजेसम्म २६ हजार १८० मतदाताले मतदान गरिसकेका छन् । उनका अनुसार ७४ वटै मतदान स्थलमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । चुनावलाई स्वच्त र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यहाँ ६१ हजार सात सय ४८ मतदाता रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस