‘लुम्बिनी र सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिन्छौँ’ : नाउपा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १५, शनिबार (१ हप्ता अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

बैशाख १५, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नाउपाले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्षसमेत रहेकी पत्नी रञ्जिता श्रेष्ठसँगको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको बताएका हुन् ।

तस्वीरमा रञ्जिताले रेशमलाई जुस खुवाइरहेको देखिएको छ । ‘हामी छिट्टै लुम्बिनी र सुदूपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौँ ।’ रेशमले फेसबुकमा लेखेका छन् । रेशमले महासचिव ठाकुरसिंह थारूलाई साक्षी राखेर पार्टी र सरकार दुवै रञ्जितालाई नै चलाउन दिने आग्रह गरेको कुरा पनि उल्लेख गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस