नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो, अब अर्को खेल कहिले ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ बैशाख १५, शनिबार (१ हप्ता अघि)
  • १० पटक पढिएको
नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो, अब अर्को खेल कहिले ?

बैशाख १५, काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ ।

शनिबार टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिज ‘ए’ले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए ।

यसअघि टस हरेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै, किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

त्यसैगरी, नेपालका बलर कमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एकएक विकेट लिएका थिए ।

यो जितपछि नेपाल ५ खेलको सिरिजमा १(० ले अगाडि भएको छ ।

अब सिरिजको दोस्रो खेल आइतबार हुनेछ भने तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाँचौँ खेल मे ४ मा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस