इलाम–२ मा मतदान अन्तिम चरणमा, आजै गणनाको तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १५, शनिबार (१ हप्ता अघि)
  • १० पटक पढिएको
इलाम–२ मा मतदान अन्तिम चरणमा, आजै गणनाको तयारी

बैशाख १५, इलाम । इलाम–२ मा करिब ५७ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ । निर्वाचन आयोगले मतदान अन्तिम चरणमा रहेको जानकारी दिदै ५७ प्रतिशतको हाराहारीमा मतदान भएको बताएको छ । यद्यपी अन्तिम विवरण आउन भने केहि समय लाग्ने बताइएको छ ।

निर्वाचन आयोगले मतगणना सकिनेबित्तिकै मत पेटिका संकलन गरिने र मतगणना सुरु गर्ने बताएको छ । सबै मतदान केन्द्रबाट बेलुका १० बजेसम्म मतपेटिकाहरु संकलन भइसक्ने अनुमान गरिएको छ । आजराती नै मतगणना भएमा आइतबार साँझसम्म सम्पन्न हुनसक्ने बताइएको छ ।

इलाम–२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका १ वडा बाहेक, देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस