लगानी सम्मेलन : एक हजार बढी विदेशी सहभागी हुने, ११३ जना वक्ता आउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख १५, शनिबार (१ हप्ता अघि)
  • ८ पटक पढिएको
लगानी सम्मेलन : एक हजार बढी विदेशी सहभागी हुने, ११३ जना वक्ता आउने

बैशाख १५, काठमाडौँ । आइतबारदेखि सुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ ।

लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ ।

त्यसै गरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स ९युएई० का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच(पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार(चार जनाको सहभागिता रहने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस