आजदेखि तेस्रो लगानी सम्मेलन सुरु, १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख १६, आईतबार (१ हप्ता अघि)
  • १२ पटक पढिएको
आजदेखि तेस्रो लगानी सम्मेलन सुरु, १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता हुने

बैशाख १६, काठमाडौँ । आजदेखि तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ५ वर्षपछि दुई दिनसम्म चल्ने लगानी सम्मेलन सुरु भएको हो । विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्ने लक्ष्यसहित सरकारले सम्मेलनको आयोजना गरेको हो ।

यो लगानी सम्मेलनमा सहभागिताका लागि विश्वभरबाट १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता हुनेछ । यसअघि सरकारले २०७३ र २०७५ सालमा लगानी सम्मेलनको आयोजना गरेको थियो । ती लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धता बमोजिम भने लगानी आएन ।

त्यसयता कोभिड–१९ महामारीका कारण लगानी सम्मेलनको आयोजना हुन सकेन । २०७५ सालमा आयोजित लगानी सम्मेलनको ५ वर्षपछि तेस्रो लगानी सम्मेलन आजदेखि सुरु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस