बझाङ प्रदेशसभा १ मा आज मतगणना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १६, आईतबार (१ हप्ता अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख १६, काठमाण्डौँ । बझाङ प्रदेशसभा १ मा शनिबार सम्पन्न मतदानको आज मतगणना शुरू हुने भएको छ ।
सबै ठाउँका मत पेटिका ल्याइसकेपछि आज दिउँसोदेखि मतगणना शुरू हुने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताए ।

बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ जनाले मतदान गरेका छन् ।
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लामा ६१ हजार ७४८ मतदाता छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस