मुखियापट्टी मुसहरनिया गाउँपालिका बन्यो पुर्ण खोपयुक्त पालिका

मुखियापट्टी मुसहरनिया गाउँपालिका बन्यो पुर्ण खोपयुक्त पालिका

बैशाख १६, काठमाण्डौँ । मुखियापट्टी मुसहरनिया गाउँपालिकाको आयोजनामा पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

“पूर्ण खोप घोषणा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ मुखियापट्टी मुसहरनिया गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको हो ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जय कुमार यादवको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला खोप समन्वय समिति अध्यक्ष एवं जिसस प्रमुख राजनन्दन महतो रहेका थिए । कार्यक्रममा जनस्वास्थ अधिकृत उमेश यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी,उपाध्यक्ष सैदा खातुन,गाउँपालिकाका अन्य निर्वाचित पदाधिकारीहरू, कर्मचारीहरू, सबै वडाका स्वास्थ्य चौकीका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

  कार्यक्रममा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका हेअ विनोद यादवले स्वागत मन्तव्य राखेका थिए । उनले मुखियापट्टी मुसहरनिया गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारको स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा रहेको पूर्ण खोप स्थानीय तह घोषणा कार्यक्रमलाई घोषणामा मात्र सिमित नराखि यसको दिगोपना सुनिश्चितताका लागि गाउँपालिकाले ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।

    कार्यक्रमका अवसरमा आफ्नो मन्तव्य राख्दै पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम सम्म आईपुग्दा सहयोग गर्ने सबै संघ संस्था, स्वास्थ्य क्षेत्रका कर्मचारी र विशेष गरि महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैलाई गाउँपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रका समस्याहरूलाई प्राथमिकताका साथ गाउँपालिकाका नीति तथा योजनाहरूमा समेटिने प्रतिबद्धता समेत व्यक्त गरे । 

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, गाउँपालिकाका उपाध्यक्ष लगाएत अन्य अतिथिज्यूहरूले पूर्ण खोप घोषणा कार्यक्रम सम्बन्धि आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका अवसरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिका क्षेत्रभित्रका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरू,वडा अध्यक्ष, स्वास्थ चौकी इन्चार्ज, संयोजकलाई समान सँगै प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन स्वास्थ संयोजक राम पुकार दासले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस