नेपाललाई वेष्ट इण्डिज ‘ए’ ले दियो १६१ रनको लक्ष्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ बैशाख १६, आईतबार (२ हप्ता अघि)
  • ३० पटक पढिएको
नेपाललाई वेष्ट इण्डिज ‘ए’ ले दियो १६१ रनको लक्ष्य

बैशाख १६, काठमाडौँ । वेष्ट इण्डिज ‘ए’ ले नेपाल सामू जितका लाग १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १६० रन बनायो । उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए ।

उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे । साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिए । नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई(दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक(एक विकेट लिए । जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस