लगानीको वातावरण बनाउन राष्ट्रपतिद्धारा अध्यादेश जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १६, आईतबार (२ हप्ता अघि)
  • १६ पटक पढिएको
लगानीको वातावरण बनाउन राष्ट्रपतिद्धारा अध्यादेश जारी

बैशाख १६,काठमाडौँ । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । सरकारले लगानीको वातावरण बनाउन भन्दै ९ वटा ऐनलाई संशोधन गरेर अध्यादेश जारी गर्न सिफारिस गरे अनुसार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका हुन् ।

सरकारले भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ती ऐन २०३४, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन २०६३, विशेष आर्थिक क्षेत्र ऐन २०७३, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६, औद्योगिक व्यवसाय ऐन २०७६ संशोधनका लागि सिफारिस गरेको थियो ।

तेस्रो लगानी सम्मेलन अगाडी नै कानुन संशोधन गर्ने सरकारको तयारी थियो । तर, संसद अन्त्य भएसँगै अध्यादेशमार्फत ऐन संशोधन गरिएको हो । आजबाट लगानी सम्मेलन सुरु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस